Like us!
Follow us!
Connect us!
Watch us!

१० अर्ब ९५ करोड मूल्यको धितोपत्र निष्कासनका लागि स्वीकृत

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १६ : ४० मा प्रकाशित

१० अर्ब ९५ करोड मूल्यको धितोपत्र निष्कासनका लागि स्वीकृत

चालू आर्थिक वर्षका पहिलो तीन महिनामा १० अर्ब ९५ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि स्वीकृत भएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ६ अर्ब १८ करोडको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोडको हकप्रद सेयर र ९९ करोड ४७ लाखको आईपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरिएको छ।

यसैगरी तीन महिनाभित्र १२ अर्ब ७८ करोडको आईपीओ, २ अर्ब ४८ करोडको हकप्रद सेयर, १ अर्ब ८३ करोडका बोनस सेयर तथा करिब ९२ करोड रुपैयाँ बराबरका एफपीओ गरी जम्मा १८ अर्ब २ करोड मूल्यको धितोपत्र नेप्सेमा सूचीकृत भएका छन्।

असोज मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ९२ करोड कित्ता सेयरको चुक्ता मूल्य ८ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको