एसवाई प्यानलको आईपीओ बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ आज बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा २१ लाख ६६ हजार ९३९ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ लाख ७ हजार ६१५ ले १०/१० कित्ता दरले शेयर हात पारेका छन् । यी नै मध्यबाट ६ जनाले थप १/१ कित्ता गरी ११/११ कित्ता आईपीओ हात पारेको बिक्री प्रबन्धकले जानकारी दिएको छ। आईपीओमा १७ लाख ५९ हजार ३२४ जनाको हात रित्तो भएको छ ।
कम्पनीले पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि कात्तिक १९ गतेदेखि सेयर जारी गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो।
जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित समूहलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई ४ लाख ९७ हजार ९२ कित्ता सेयर बाँडफाँड भइसकेको छ।
कम्पनीले आईपीओ बाँडफाँड गरिसकेको भए पनि अनलाइनमा नतिजा प्रकाशन हुन केही समय लाग्नेछ।
यी माध्यमबाट हेर्न सकिन्छ आईपीओको नतिजा
मेरो सेयरको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइटः https://www.prabhucapital.com/ipo-allotment
मेरो सेयर लगइनः https://meroshare.cdsc.com.np/#/login
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस