रिडी हाइड्राेपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आज (असोज १४ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले बीसाैँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुने भएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस