Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा पहिलो हार्ड रक क्याफे खुल्दै, यस्ताे छ तयारी

अर्थ संसार

शनिबार, १६ असोज २०७८, १२ : ४९ मा प्रकाशित

नेपालमा पहिलो हार्ड रक क्याफे खुल्दै, यस्ताे छ तयारी

हार्ड रक क्याफे काठमाडौं, आउँदो महिनादेखि मनोरम नगरी काठमाडौंको मुटु दरबारमार्गमा अवस्थित शेर्पा मलमा खुल्ने भएको छ ।

सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतीक उपकरणहरुको संग्रह “Memorabilia” साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथमा आफ्नो नयाँ शहर प्रति प्रस्तुती पनि पेश गर्ने भएको छ । भव्य मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिनेछ । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध छ । यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत रहेको छ, जसलाई हार्ड रक को मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइनेछ ।

यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सीमि र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भनें स्याण्डवीचहरु बर्बेक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किइनेछ ।

मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स् पनि हुनेछ, जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंको लागि डेनमार्कबाट झिकाइएको छ । ७५० ग्राम रिब्स्लाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिनेछ, त्यसपछि घरेलु बार्बेक्यू ससको साथमा मिसाएर सटिकताको लागि ग्रील्ड गरिनेछ अनि सिजन्ड फ्राइज, कोलस्ल र ¥यान्च स्टाइलका सिमिहरुसँग पस्किइनेछ ।

त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बूजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको चयन रहनेछन् ।

हार्ड रक क्याफेकोे प्रमुख आर्कषण मध्ये यसमा अवस्थित संग्रह “Memorabilia” पनि हुनेछ र गा्रहकहरुले संग्रहको समीपमा रही विभिन्न परिकारहरुको नौलोे स्वाद पनि लिन सक्नु हुनेछ । यसका साथै पहिलो तल्लामा अवस्थित “Rockshop” मा गई विभिन्न सामानहरु खरिद गर्न सकिनेछ । 

हार्ड रक क्याफे काठमाडौंमा १०० जना स्थानीय कामदारहरु रहनेछन् । यहाँका धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिनेछन् । आर्थिक अवस्था खस्किरहेको वर्तमान समयमा हार्ड रक क्याफे काठमाडौंले स्थानीय समुदायमा ठूलो धनराशी लगानी गर्दैछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको