Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्स र थर्टी टु क्याफेबीच सम्झौता, ग्राहकलाई विशेष छुट

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १६ : ५० मा प्रकाशित

समृद्धि फाइनान्स र थर्टी टु क्याफेबीच सम्झौता, ग्राहकलाई विशेष छुट

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र थर्टी टु क्याफे एण्ड कफी स्टेशनबीच श्रावण, ५ गते सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाई होटेल थर्टी टु क्याफे एण्ड कफी स्टेशनले फूड र बेभरेजमा १०% देखि १२% सम्म छुट दिने भएको छ ।

सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक बिनोद राज पौडेल र थर्टी टु क्याफे एण्ड कफी स्टेशनका म्यानेजर अमन अईयरले हस्ताक्षर गरेका छन् ।

पुतलीसडकमा शंकरदेव क्याम्पस नजिकै रहेको यो क्याफे धेरै नै भिडभाड हुने र स्वादिष्ट खाने कुराको लागि प्रसिद्ध छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । 

समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको