Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोको आईपिओमा आवेदनको ओईरो, कति पर्यो आवेदन ?

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १८ : ०८ मा प्रकाशित

न्यादी हाइड्रोको आईपिओमा आवेदनको ओईरो, कति पर्यो आवेदन ?

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदनको आईरो नै लागेको छ ।  

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । आज आईतबार साँझ सम्ममा १३ लाख ७९ हजार ६ सय ६५ जना आवेदकबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ता सेयरको आवेदन परेको छ जुन मागको दोब्बर भन्दा पनि बढि हो ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २९ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज १५ गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले नागरिक लगानी कोषलाई सेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको हुनाले सेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको सेयर कोषले खरिद गर्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ भने कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको