Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको संस्थापक समूहको लक इन आज सकिँदै

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ०७ : ५३ मा प्रकाशित

न्यादी हाइड्रोपावरको संस्थापक समूहको लक इन आज सकिँदै

न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको सेयरको ‘लक इन’ आज (कात्तिक ४ गते) बाट सकिँदैछ ।

कम्पनीका संस्थापक समूहको १ करोड २७ लाख ९५ हजार कित्ता सेयर रहेको छ। संस्थापक सेयर धनीको १ करोड ९ लाख ५० हजार, कर्मचारीको ३ लाख ४५ हजार र स्थानीयबासीका लागि वितरण गरिएको १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुने कम्पनीले जनाएको हो।

लकइन अवधि समाप्त भएपछि संस्थापक सेयरधनीले पनि सर्वसाधारण जसरी नै कारोबार गर्न पाउनेछन्। सर्वसाधारणका लागि सेयर बाँडफाँट गरेको मितिले ३ वर्ष समाप्त संस्थापक, कर्मचारी र स्थानीयका लागि वितरण गरेको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।

न्यादी हाइड्रोपावरले २०७८ कात्तिक ५ गते सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको