Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको ‘लक इन’ कात्तिकमा सकिँदै

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ०७ : ३२ मा प्रकाशित

न्यादी हाइड्रोपावरको १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको ‘लक इन’ कात्तिकमा सकिँदै

न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको ‘लकइन’ अवधि आगामी कात्तिक ४ गते सकिदैछ।

कम्पनीका संस्थापक, कर्मचराी, अतिप्रभावित स्थानीय र स्थानीय बासिन्दाको नाममा रहेको सेयरको तीन वर्षे लकइन सकिन लागेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसारसंस्थापक सेयरधनीतर्फको १ करोड ९ लाख ५० हजार, संस्थापक सेयरधनीका कर्मचारीतर्फको ३ लाख, कर्मचारीतर्फको ४५ हजार, अति प्रभावित स्थानीय बासिन्दातर्फको ५ लाख र प्रभावित स्थानीय बासिन्दातर्फको १० लाख गरी १ करोड ९ लाख ५० हजार कित्ता सेयर ‘लकइन’ खुल्न लागेको हो।

न्यादीले ०७८ भदौ १ देखि १५ गतेसम्म स्थानीय बासिन्दा तथा संस्थापक कर्मचारीमा र ०७८ असोज १५ देखि १९ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो।

०७८ कात्तिक ५ गते बाँडफाँड भएको थियो। सर्वसाधारणमा बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको सेयर ‘लकइन’ रहने व्यवसथा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको