Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरले पुस २५ मा साधारणसभा, लाभांश प्रस्तावको अभाव

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, ०६ : ४७ मा प्रकाशित

न्यादी हाइड्रोपावरले पुस २५ मा साधारणसभा, लाभांश प्रस्तावको अभाव

न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा यही पुस २५ गते बिहीबारका दिन काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजे आयोजना गर्ने भएको छ।

कम्पनीको सञ्चालक समितिले साधारणसभामा गत आर्थिक वर्षका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पेश गर्ने एजेन्डा तय गरेको छ।

यसपटकको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन।

साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। पुस १६ गतेसम्म कायम सेयरधनीहरूले सभामा सहभागी हुन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको