Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावर घाटामा, ईपीएस ११.११ रुपैयाँ ऋणात्मक

अर्थ संसार

आइतबार, १३ साउन २०८१, ०९ : १९ मा प्रकाशित

न्यादी हाइड्रोपावर घाटामा, ईपीएस ११.११ रुपैयाँ ऋणात्मक

न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनी घाटामा 
आज सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरण अनुसार न्यादी हाइड्रोपावर १६ करोड ६६ लाख रुपैयाँ घाटा रहेको छ । अघिल्लो पनि कम्पनीले २० करोड ९३ लाख रुपैयाँ घाटा रहेको थियो।अघिल्लो वर्षको तुलनामा भने घाटा २०.३७ प्रतिशतले कम हो ।  

विद्यत बिक्री
कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट ५९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो आवको तुलनामा ०.०६७ प्रतिशतले धेरै हो। 

चुक्तापुँजी
१ अर्ब ५० करोड रुपैयाँ 

अन्य इक्विटी
५९ करोड ५७ लाख रुपैयाँले ऋणात्मक (अघिल्लो वर्ष पनि अन्य इक्विटी ३९ करोड ६९ लाख रुपैयाँले ऋणात्मक)

ईपीएस
११.११ रुपैयाँले ऋणात्मक (अघिल्लो वर्ष पनि ईपीएस १३.९५ रुपैयाँले ऋणात्मक) 

प्रति सेयर नेटवर्थ
६६.०२ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको