Like us!
Follow us!
Connect us!
Watch us!

मेराे माइक्राेफाइनान्सले गर्यो लाभांश घोषणा, बाेनस कति ?

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १० : २२ मा प्रकाशित

मेराे माइक्राेफाइनान्सले गर्यो लाभांश घोषणा, बाेनस कति ?

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

यस्तो छ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​को ५ वर्षको लाभांश इतिहासः

१. आर्थिक वर्ष २०७२/७३ः आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०७३/७४ः आर्थिक वर्ष २०७३/७४ मा पनि संस्थाले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस र १२.११ प्रतिशत नगद गरि कूल ४२.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०७४/७५ः आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७५/७६ः आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७६/७७ः आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १६.९४ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कूल १७.८३ प्रतिशत लाभांश वितरण गरेको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615bd7a08e161.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको