Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको नाफा ४८ प्रतिशतले बढ्यो, लाभांश क्षमता ७.९७ प्रतिशत

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, ०८ : ०६ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको नाफा ४८ प्रतिशतले बढ्यो, लाभांश क्षमता ७.९७ प्रतिशत

चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार, अघिल्लो आर्थिक वर्ष १४ करोड ५७ लाख रुपैयाँ रहेको नाफा यस वर्ष २१ करोड ६० लाख रुपैयाँमा पुगेको छ। सञ्चालन मुनाफा पनि ५३.४८ प्रतिशतले बढेर ३३ करोड २ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २१ करोड ५१ लाख रुपैयाँ मात्र थियो।


ब्याज आम्दानीमा हल्का गिरावट

गत आर्थिक वर्षमा संस्थाले १ अर्ब ५ करोड ३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब १ करोड ३४ लाख रुपैयाँभन्दा १.८२ प्रतिशतले कम हो।


वितरणयोग्य मुनाफा र पूँजी संरचना

समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ। यसका आधारमा संस्थाले ७.९७ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था बनाएको छ।

चुक्तापुँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ११ करोड ३१ लाख रुपैयाँ र रिजर्भ ७१ करोड १४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यी क्रमशः १० करोड ७१ लाख रुपैयाँ र ६१ करोड ६७ लाख रुपैयाँ थिए।


निक्षेप, कर्जा र जोखिम अवस्था

समीक्षा वर्षमा संस्थाले ८ अर्ब २० करोड ८८ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब १ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष कर्जा लगानी १३ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ मात्र थियो।
तर, खराब कर्जा अनुपात (एनपीएल) अघिल्लो वर्षको ८.२३ प्रतिशतबाट बढेर ९.९९ प्रतिशतमा पुगेको छ।


वित्तीय सूचकहरू

असार मसान्तसम्म वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.२३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११.०४ रुपैयाँ मात्र थियो। पीई रेसियो ५५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८.११ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको