मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, संस्थाले ७ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा ६ करोड ४३ लाख रुपैयाँ नाफा रहेको थियो, जसअनुसार नाफामा २३.७०% वृद्धि देखिएको छ।
सञ्चालन मुनाफा:
२८.४८% ले वृद्धि भई ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी:
३७.११% ले वृद्धि भई ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ।
वितरणयोग्य मुनाफा:
७ करोड ६० लाख रुपैयाँ
लाभांश वितरण क्षमता:
५.७६%
खराब कर्जा अनुपात (एनपीएल):
७.७८% (अघिल्लो वर्ष ७.८७%)
इम्पेयरमेन्ट चार्ज:
७ करोड ९७ लाख रुपैयाँ
चुक्ता पूँजी: १ अर्ब ३२ करोड रुपैयाँ
रिटेन्ड अर्निङ: ७ करोड ६० लाख रुपैयाँ (अघिल्लो वर्ष १० करोड ७१ लाख)
रिजर्भ कोष: ७२ करोड ८९ लाख रुपैयाँ (अघिल्लो वर्ष ६१ करोड ६७ लाख)
कर्जा प्रवाह: १४ अर्ब १४ करोड ३६ लाख रुपैयाँ
सापटी रकम: ४ अर्ब ४० करोड ४० लाख रुपैयाँ
EPSर नेटवर्थ
वार्षिकीकृत ईपीएस: १२.०५ रुपैयाँ (अघिल्लो वर्ष ९.७४ रुपैयाँ)
पीई रेसियो: ५४.९२ गुणा
प्रति सेयर नेटवर्थ: १६०.९९ रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस