Like us!
Follow us!
Connect us!
Watch us!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको खुद नाफामा ३६२.५९%को वृद्धि, ईपीएस बढेर १६.६३ रुपैयाँ पुग्यो

अर्थ संसार

बुधबार, २३ साउन २०८१, ०८ : १४ मा प्रकाशित

मेरोमाइक्रोफाइनान्स लघुवित्तको खुद नाफामा ३६२.५९%को वृद्धि, ईपीएस बढेर १६.६३ रुपैयाँ पुग्यो

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफामा ३६२.५९ प्रतिशतको वृद्धि

मेरोमाइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको असार मसान्त सम्म २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तले आक्रामक रुपमा ३६२.५९ प्रतिशतले नाफा बढाएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले केबल ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा सुधार 

मेरोमाइक्रोफाइनान्स लघुवित्तले खुद ब्याज आम्दानीमा सुधार गरेको छ। लघुवित्तले असार मसान्त सम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढाएको छ। असार मसान्त सम्म लघुवित्तले ८७ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको छ जुन २०८० सालको असार सम्ममा केबल ७६ करोड ७० लाख रहेको थियो। तेस्तै लघुवित्तको खुद फि तथा कमिशन आम्दानी पनि ३०.८८ प्रतिशतले  बढेको छ। 

इम्पेरमेन्ट चार्ज घट्यो 

लघुवित्तको इम्पेरमेन्ट १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा झरेको छ। जसको सिधा असर लघुवित्तको सञ्चालन मुनाफामा देखिंदा तेस्ले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ। लघुवित्तको सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेको छ।

खराब कर्जा
५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुग्यो 

प्रति सेयर आम्दानी
१६ रुपैयाँ ६३ पैसा ( १३ रुपैयाँ ४ पैसाबाट बढ्यो) 

प्रति सेयर नेटवर्थ
१६० रुपैयाँ ५३ पैसा

मूल्य आम्दानी अनुपात
४२.०८ गुणा

वितरणयोग्य मुनाफा
१९ करोड ६२ लाख रुपैयाँ

वितरणयोग्य प्रति सेयर आम्दानी
१४ रुपैयाँ ८७ पैसा

चुक्ता पूँजी
१ अर्ब ३२ करोड रुपैयाँ 

जगेडा कोष
८४ करोड ४५ लाख रुपैयाँ सञ्चित

निक्षेप संकलन र कर्जा प्रवाह 
लघुवित्तले ३ अर्ब ४० करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेर १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको