मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै आफ्नो शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गरिसकेको छ।
लघुवित्तले माघ १० गतेको १२औं साधारणसभामा १४.२५ प्रतिशत बोनस सेयर पारित गरेको थियो। उक्त बोनस सेयर पुस १९ गतेसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा जम्मा गराइएको हो।
लघुवित्तका अनुसार, हालसम्म पनि शेयरधनीहरूले डिम्याट खाता नखोलेका भए, खाता खोलिसकेपछि मात्रै बोनस सेयर जम्मा हुनेछ।
लघुवित्तले शेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका शेयरधनीलाई अभौतिकीकरण गर्न आग्रह गरेको छ। सेयर अभौतिकीकरण गरेपछि मात्र लाभांश शेयरधनीको हितग्राही खातामा पठाइनेछ।
पुस १९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा भने, कर्जा राफसाफ भएपछि मात्रै हितग्राही खातामा बोनस सेयर पठाइने लघुवित्तले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस