मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फका कुल १ लाख ९ हजार ७८४ कित्ता सेयर बिक्रीमा ल्याएको छ। बिक्रीका लागि ल्याइएका सेयरमध्ये संस्थापक सेयरधनी सक्षम धिमिरेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको ३३ हजार ६२१ कित्ता सेयर रहेका छन्।
संस्थाले उक्त संस्थापक सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको छ। हालका लागि सो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौको ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस