Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरले फेरि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १० : ३७ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरले फेरि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले फेरि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ ।

कम्पनीकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले भएको बन्दाबन्दी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप लगायतका कारणहरुले गर्दा यस कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मे वा) को लागतमा केहि वृद्वी भएकाले यस आयोजना निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकम दीर्घकालिन ऋण यसै आयोजनामा लगानी गरीरहेका बैंक अफ काठमाण्डु लिमिटेड र कुमारी बैंक लिमिटेड समक्ष माग गर्ने र उक्त दीर्घकालिन ऋण प्रस्तावित हकप्रद सेयर जारी गरी भूक्तानी गर्ने गरी कम्पनीको तत्काल चुक्ता पूँजीको ४० प्रतिशत (३० प्रतिशत हकप्रद शेयर वितरण पश्चात) हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोग समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेकाे हाे ।

कम्पनीको हाल स्वीकृतीका लागि बाेर्ड समक्ष पेश भएको ३० प्रतिशत हकप्रद सेयर जारी पश्चात चुक्ता पूँजी रु. ३८ कराेड ६९ लाख ७७ हजार ५ सय रूपैयाँ हुनेछ । तत्पश्चात हाल स्वीकृतीका लागि प्रस्तावित ४० प्रतिशत हकप्रद सेयर निष्कासन पश्चात् चुक्ता पूँजी ५४ कराेड १७ लाख ६८ हजार ५ सय रूपैयाँ हुनेछ । 

यसअघि पनि छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको थियाे । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615bdce08985e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको