Like us!
Follow us!
Connect us!
Watch us!

छयाङ्दी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १७ : २० मा प्रकाशित

छयाङ्दी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

छयाङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले १०० प्रतिशत अर्थात् १:१ काे अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २२ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख रूपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन गरे पश्चात् कम्पनीकाे चुक्ता पूँजी ७७ करोड ३९ लाख रूपैयाँ पुग्नेछ । 

कम्पनीकाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

64806d84ca31b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको