छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज (असार २७) गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २३ गतेदेखि हकप्रद निष्काशन खुला गरेको थियो।
हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर जारी गरेको हो। यस हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले वहन गरेको छ।
हकप्रद शेयरमा आवेदन गर्नका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेको थियो। तसर्थ, जेठ १ गतेसम्म नाम कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १२ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस