छ्याङदी हाईड्रोपावर लिमिटेडले यही जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर (१:१ अनुपातमा) निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६७ हजार ७७५ कित्ता सेयर रु. १०० अंकित मूल्यमा जारी गर्न लागेको हो।
कम्पनीले यो हकप्रदबाट संकलित रकम निम्न कार्यहरूमा प्रयोग गर्ने जनाएको छ:
माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाको भुक्तानी,
नुप्चे लिखु जलविद्युत आयोजनामा लिएको ऋण भुक्तानी,
र अन्य अल्पकालीन ऋण चुक्ता।
कम्पनीले हकप्रद निष्कासनको लागि जेठ २ गते बुक क्लोज गरेको थियो। त्यसैले जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र यो हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।
हकप्रद खुल्ने मिति: जेठ २३ गते
आवेदन दिने अन्तिम मिति: असार १२ गते
यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले लिएको छ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले वैशाख १२ गते हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस