छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज (असार १२) अन्तिम दिन हो।
कम्पनीले १:१ अनुपातमा जारी गरेको यो हकप्रदमा हाल कायम रहेका सेयरधनीले मात्र सहभागिता जनाउन पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्तपछि कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा कुल ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। यसबाट कम्पनीले जम्मा रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० बराबरको पुँजी संकलन गर्ने लक्ष्य लिएको छ।
हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुकक्लोज गरिसकेको छ। यस अनुसार जेठ १ गतेसम्म नेप्सेमा नाम कायम भएका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ। सेयरधनीहरूले अन्तिम दिनसम्म आफ्नो मेरो सेयरमार्फत आवेदन दिने व्यवस्था मिलाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस