Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलबिद्युतको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, ०७ : ४१ मा प्रकाशित

चिलिमे जलबिद्युतको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले पुस २२ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा भएको जनाएको छ । बुकक्लोज मितिसम्ममा डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा बोनस पठाइसकेको र सो मिति पश्चात अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको