Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको फ्री ओपिडी हुने

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १२ : ५५ मा प्रकाशित

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको फ्री ओपिडी हुने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ । नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो । 

यूरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपिडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ । 

यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाति तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपिडी सञ्चालन गर्नेछन् । छाति तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपिडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् । 

नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको