Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकले सुरु गर्यो मृगौला प्रत्यारोपण सेवा, छिट्टै कलेजो प्रत्यारोपण पनि गरिने

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १६ : २९ मा प्रकाशित

नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। हालसम्म २ व्यतिको मृगौलाको सफलता पूर्वक प्रत्यारोपण गरिसकेको जानकारी नर्भिकले दिएको छ। आज सोमबार एक पत्रकार सम्मेलन गर्दै नर्भिकले सो जानकारी गराएको हो।  

मृगौला फेल भई उपचार गराईरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षिया पत्नीले  दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षिया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ।  

नर्भिक अस्पतालका विज्ञ चिकित्सक डा. राकेश बर्मा र डा. आर. के. अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपण सेवा दिँदै आएको छ।  

सफल मृगौला प्रत्यारोपण सँगै अब नर्भिकले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्धेश्यले अनुमति प्रक्रिया अघि बढाई सकेको जानकारी अस्पताल प्रशाशनले दिएको छ ।
 

63b2b36d56a31.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको