Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिक हस्पिटललाई गैरकानुनी संरचना भत्काउँन महानगरले थप समय दिने

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १४ : ४१ मा प्रकाशित

नर्भिक हस्पिटललाई गैरकानुनी संरचना भत्काउँन महानगरले थप समय दिने

काठमाडौं महानगरले नर्भिक इन्टरनेशल हस्पिटलले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बनाएका भौतिक संरचना भत्काउन केहि समय थप गर्ने भएको छ ।  

उक्त क्षेत्रमा अस्पतालका लागि अतिआवश्यक अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता संरचना भएकाले उक्त संरचना स्थानान्तरका लागि आवश्यक समय थप गर्न महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्देशन दिएका हुन् । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बनेको संरचना सार्न कति समय आवश्यक पर्ने हो उक्त कुराको यकिन गरि समय थप गर्न साहले निर्देशन दिएका हुन् । 

काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ । 

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नुनपर्ने दाबी गरेका थिए । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् । तर उक्त सम्झौता नै गैर कानुनी भएको तर्क छ । मन्त्रीपरिषद्बाट निर्णय गरेर मात्र भाडामा दिनुपर्ने जग्गा भूमिसुधार अधिकारीले सम्झौता गर्नु गैरकानुनी भएको बताइएको छ ।  

काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको