Like us!
Follow us!
Connect us!
Watch us!

सामसुङ फेस्टिभ अफर, स्मार्टफोन किन्दा ५० प्रतिशतसम्मको गिफ्ट भाैचर

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १३ : ३५ मा प्रकाशित

सामसुङ फेस्टिभ अफर, स्मार्टफोन किन्दा ५० प्रतिशतसम्मको गिफ्ट भाैचर

आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाैचर जित्न सक्नेछन् । 

जसमा आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्नेछन् । 

आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ । जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ । 

ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्नेछन् । 
आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन् । 
 
ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । ग्राहकले यी बैंकबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । 

१. माछापुच्छ्र्रे बैंक 

२. नेपाल इन्भेष्टमेन्ट बैंक 

३. सिटिजन्स इन्टरनेशनल बैंक

४. मेगा बैंक 

५. सानिमा बैंक 

६. ग्लोबल आइएमई बैंक

७. एनएमबि बैंक

८. सनराइज बैंक 

९. नबिल बैंक 

१०. एनआइसी एशिया बैंक 

११. लक्ष्मी बैंक (30% Down Payment and 40,000 and above value product)

१२. बैंक अफ काठमाण्डौं (20% Down Payment and covers 35,000 and above value product)

१३. उपास्ना वहुउद्येश्यीय सहकारी (40% Down Payment)
 
सामसुङको फेस्टिभ अफर कार्तिक १७, २०७८ सम्म लागू हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको