Like us!
Follow us!
Connect us!
Watch us!

गाेर्खाज फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १५ : ४४ मा प्रकाशित

गाेर्खाज फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा ६ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे हिजाे (असाेज १८ गते, साेमबार) सम्पन्न भएकाे छब्बीसाैँ वार्षिक साधारण सभाबाट सर्वसाधारण समूह तर्फबाट ३ जना र संस्थापक समूहबाट ३ जना गरी कूल ६ जना सञ्चालकहरू निर्विराेध निर्वाचित भएका कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

संस्थापक तर्फ प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्वाचित भएका हुन् । त्यस्तै, सर्वसाधारण तर्फ नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्वाचित भएका छन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615c23f7912fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको