Like us!
Follow us!
Connect us!
Watch us!

ब्याज आम्दानी ९९.७० % ले बढेपछि गोर्खाज फाइनान्स नाफामा, ईपीएस १८.०६ रुपैयाँ

अर्थ संसार

शनिबार, २० साउन २०८०, ११ : ३७ मा प्रकाशित

ब्याज आम्दानी ९९.७० % ले बढेपछि गोर्खाज फाइनान्स नाफामा, ईपीएस १८.०६ रुपैयाँ

गोर्खाज फाइनान्सले  गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

खुद नाफा 

समीक्षा अवधिसम्ममा फाइनान्सले खुद नाफामा ब्यापक सुधार गरेर कम्पनीले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोहि अवधि सम्म कम्पनीको  ३५ करोड रुपैयाँ घाटा रहेको थियो। 

खुद ब्याज आम्दानी 

फाइनान्सको खुद ब्याज आम्दानी बढेको छ। ९९.७० प्रतिशतले बढेर ३६ करोड ६१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी १८ करोड ३३ लाख करोड रुपैयाँ रहेको थियो।

खुद फि तथा कमिशन आम्दानी

खुद फि तथा कमिशन आम्दानी सामान्य घटेको छ। समिक्षा अवधि सम्म फाइनान्सले ३ करोड २२ लाख आर्जन गरेको छ जुन गएको वर्षमा ३ करोड २९ लाख रहेको थियो। 

सञ्चालन मुनाफा

अघिल्लो वर्ष २७ करोड ७ लाख रुपैयाँ सञ्चालन घाटा रहेको कम्पनीले ब्यापक सुधार गर्दै सञ्चालन मुनाफा २९ करोड ३८ लाख रुपैयाँ कमाउन सफल भएको छ। 

प्रतिसेयर आम्दानी (ईपीएस)

१८.०६ रुपैयाँ (अघिल्लो वर्ष ईपीएस ४०.३२ रुपैयाँ ऋणात्मक रहेको)

पीई रेसियो

३१.०१ गुणा

प्रतिसेयर नेटवर्थ

१६७.२१ रुपैयाँ

 खराब कर्जा अनुपात (एनपीएल)

एनपीएल १३.९१ प्रतिशतबाट घटेर १०.४७ प्रतिशत

रिजर्भ
९९ करोड ८३ लाख रुपैयाँ 

चुक्ता पूँजी

८६ करोड ७९ लाख रुपैयाँ

निक्षेप संकलन र कर्जा परिचालन

समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको