Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको पहिलो त्रैमास : नाफा ८५.१८% र ईपीएस ८५.२१% ले बढ्यो

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, ०७ : ०० मा प्रकाशित

गोर्खाज फाइनान्सको पहिलो त्रैमास : नाफा ८५.१८% र ईपीएस ८५.२१% ले बढ्यो

गोर्खाज फाइनान्सले यस आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ। यस ३ महिने अवधिमा फाइनान्सले ब्याज आम्दानी र संचलान मुनाफा बढाउन सफल हुदाँ खुद नाफा उल्लेखिए रुपमा बढेको छ। यधपि फाइनान्स​को खराब कर्जा भने बढेको छ। 

खुद नाफा 
गोर्खाज फाइनान्सले पहिलो त्रैमासमा ६ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छन् । अघिल्लो वर्षको यहि अवधिमा फाइनान्सले ३ करोड ३३ लाख रुपैयाँ नाफा मात्र आर्जन गरेको थियो।  ८५.१८ प्रतिशतले गोर्खाज फाइनान्सले नाफा बढाएको छ। 

खुद ब्याज आम्दानी
फाइनान्सले यस वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानीको रुपमा ९ करोड ३७ लाख रुपैयाँ कमाएको छ। यस अवधिमा अघिल्लो वर्ष खुद ब्याज आम्दानी ८ करोड ११ लाख रुपैयाँ कमाएको थियो। यो १५.५३ प्रतिशत बढेको हो। 

सञ्चालन मुनाफा
फाइनान्सले यस त्रैमासमा  ८ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधि सम्म फाइनान्सको यहिँ संचालन मुनाफा ४ करोड ८५ लाख रुपैयाँ रहेको थियो। यो ८१.८९ प्रतिशतको वृद्धि हो। 

खराब कर्जा अनुपात
गोर्खाज फाइनान्सको खराब खर्च ९.८९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ७.४२ प्रतिशत थियो। 

इम्पेरमेन्ट चार्ज 
१ करोड ८५ लाख रुपैयाँ (अधिल्लो वर्ष यो अवधिमा २ करोड ३ लाख रुपैयाँ रहेको )

प्रति सेयर आम्दानी
२८.४३ रुपैयाँ  (८५.२१ % बढेको )
अघिल्लो वर्ष  १५.३५ रुपैयाँ. रहेको  

मूल्य आम्दानी अनुपात 
१८.१९ गुणा

प्रति सेयर नेटवर्थ
१६७.१६ रुपैयाँ 

चुक्ता पूँजी
८६ करोड ७९ लाख रुपैयाँ

जगेडा कोष
९६ करोड ९५ लाख रुपैयाँ

निक्षेप संकलन तथा कर्जा परिचालन 
यस अवधिमा फाइनान्सले ७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गर्यो भने ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यो समय फाइनान्सले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

 
 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको