Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको उत्साहजनक प्रगति, २४६ प्रतिशतले बढ्यो खुद मुनाफा

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, ०७ : १४ मा प्रकाशित

गोर्खाज फाइनान्सको उत्साहजनक प्रगति, २४६ प्रतिशतले बढ्यो खुद मुनाफा

गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा फाइनान्सको मुनाफामा व्यापक बृद्धि आएकोे देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सले ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २४६.९६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ९३ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा पनि २८२.७० प्रतिशतले बढेर १२ करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ३ करोड १५ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी पनि १८०.३१ प्रतिशतले बढेर १७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । 
 

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी बढेर १५ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63cc91e0315c9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको