गोर्खाज फाइनान्स लिमिटेडको संचालक समितिले फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन गरेको छ । कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो।
बुढाथोकीलाई वैशाख १६ गतेदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जनाएको छ ।
बुढाथोकी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । सोहि बैठकले
यसअघिका अध्यक्ष डेकिन्द्र कुमार राईको राजीनामा समेत स्वीकृत गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस