Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको लोभ लाग्दो प्रगति ,खुद ब्याज आम्दानीमा ३१७४.४९ प्रतिशतको वृद्धि

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, १२ : २३ मा प्रकाशित

गोर्खाज फाइनान्सको लोभ लाग्दो प्रगति ,खुद ब्याज आम्दानीमा ३१७४.४९ प्रतिशतको वृद्धि

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फाइनान्सकाे नाफामा उल्लेख्य वृद्धि देखिएकाे छ । यता फाइनान्सकाे वितरणयाेग्य नाफा भने ऋणात्मक रहेकाे छ । बैंकका अधिकांश सूचकमा आकर्षक सुधार देखिएकाे छ । 

खुद नाफा 

चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्म फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०१.०५ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा फाइनान्सले १ करोड ६५ लाख ७० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद व्याज आम्दानी

फाइनान्सकाे खुद व्याज आम्दानी ३१७४.४९ प्रतिशतले बढेकाे छ । गत वर्ष २४ लाख ७७ हजार रूपैयाँ रहेकाे फाइनान्सकाे खुद व्याज आम्दानी अहिले बढेर ८ कराेड ११ लाख ९ हजार रूपैयाँ पुगेकाे छ । 

सञ्चालन मुनाफा

समिक्षा अवधिसम्म फाइनान्सकाे सञ्चालन मुनाफा पनि ७६. १९ प्रतिशतले बढेर ४ कराेड ८५ लाख ९४ हजार रूपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले २ कराेड ७५ लाख ८० हजार रूपैयाँ सञ्चालन मुनाफा कमाएकाे थियाे । 

वितरणयाेग्य मुनाफा

फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार फाइनान्सकाे वितरणयाेग्य मुनाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत  आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे वितरणयाेग्य मुनाफा १ कराेड ८७ लाख ६० हजार रूपैयाँ रहेकाे थियाे । 

इम्पेरिमेन्ट चार्ज

पहिलाे त्रैमासमा फाइनान्सकाे इम्पेरिमेन्ट चार्ज घटेर २ कराेड ३ लाख ४३ हजार रूपैयाँमा झरेकाे छ । बैंककाे इम्पेरिमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार हुन मद्दत पुगेकाे हाे । 

खराब कर्जा (एनपीएल)

फाइनान्सकाे खराब कर्जा १.९५ प्रतिशतले घटेर ७.४२ प्रतिशत कायम भएकाे छ । आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे खराब कर्जा (एनपीएल) ९.३७ प्रतिशत रहेकाे थियाे ।

 चुक्ता पूँजी

फाइनान्सकाे चुक्ता पूँजी भने स्थिर रहेकाे देखिन्छ । गत वर्षझैँ यस वर्ष पनि फाइनान्सकाे चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ ।

जगेडा काेष

फाइनान्सकाे जगेडा काेषमा ७२ कराेड ७३ लाख ८१ हजार रूपैयाँ सञ्चित रहेकाे छ । उक्त रकम अघिल्लाे वर्षकाे तुलनामा ८.१५ प्रतिशतले बढी हाे । गत वर्षकाे यसै अवधिमा फाइनान्सकाे जगेडा काेषमा ६७ कराेड २५ लाख ९३ हजार रूपैयाँ सञ्चित रहेकाे थियाे । 

प्रतिसेयर आम्दानी (ईपीएस)

समिक्षा अवधिसम्म फाइनान्सकाे प्रतिसेयर आम्दानी (ईपीएस) पनि ७ रूपैयाँ ६४ पैसाबाट बढेर १५ रूपैयाँ ३५ पैसा पुगेकाे छ । फाइनान्सकाे ईपीएस ७ रूपैयाँ ७१ पैसाले बढेकाे हाे ।

प्रतिसेयर नेटवर्थ 

फाइनान्सकाे प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा रहेकाे छ ।  

मूल्य आम्दानी अनुपात (पीई रेसियाे)

त्यस्तै, पहिलाे त्रैमाससम्म फाइनान्सकाे मूल्य आम्दानी अनुपात (पीई रेसियाे) ३२.११ गुणा रहेकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको