Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

बुधबार, २० असोज २०७८, १० : ०२ मा प्रकाशित

लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे २८औँ वार्षिक साधारण सभा कात्तिक ११ गते दिउँसो ३ः४५ बजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुासर गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूका लागि प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज २४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615d24a8e207b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको