Like us!
Follow us!
Connect us!
Watch us!

७७ प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा, ईपीएस करिब दुई हजार

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०७ : ५४ मा प्रकाशित

७७ प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा, ईपीएस करिब दुई हजार

युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै प्रमुख वित्तीय सूचकहरूमा आकर्षक वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७७.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३१.८५ प्रतिशत बढेर २ अर्ब २० करोड २५ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ हजार ९ सय ८६ रुपैयाँ (वार्षिक) पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ७ सय २२ रूपैयाँ रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

63e84a8927232.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको