Like us!
Follow us!
Connect us!
Watch us!

एक कित्ताको ५० हजार पर्ने युनिलिभर नेपालको कस्तो छ वित्तीय अवस्था? प्रति सेयर आम्दानी कति?

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०८ : १९ मा प्रकाशित

एक कित्ताको ५० हजार पर्ने युनिलिभर नेपालको कस्तो छ वित्तीय अवस्था? प्रति सेयर आम्दानी कति?

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा
गत असार मसान्त सम्म कम्पनीले खुद नाफा ७.६२ प्रतिशतले बढाएर १ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो अर्थिक वर्षको सोहि अवधिसम्म १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

आम्दानी भने घट्यो   
कम्पनीले असार मसान्त सम्म ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यो आम्दानी भने २.८४ प्रतिशतले घटेको हो। 

बिक्री आम्दानी
गत वर्षको असार सम्म कम्पनीको बिक्री आम्दानी ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको बिक्री आम्दानी ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ थियो ।

अन्य आम्दानी
कम्पनीको अन्य बढेर २४ करोड ७ लाख रुपैयाँ बराबर कमाई भएको छ । अघिल्लो आवसम्म कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरेको थियो ।  

खर्च 
समीक्षा अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ६ करोड १३ लाख रुपैयाँ रहेको छ । कुल खर्च पनि ५.८० प्रतिशतले घटेको हो  .अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको वित्तीय लागत ३ करोड ४२ लाख रुपैयाँ, कर्मचारी खर्च ६३ करोड १४ लाख रुपैयाँ र कस्ट अफ मेट्रियलको ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी
९ करोड २१ लाख रुपैयाँ

रिटेन्ड अर्निङ्ग
४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ

मूल्य आम्दानी अनुपात
२२.०७ गुणा 

प्रति सेयर आम्दानी
२ हजार १४४ रुपैयाँ (अघिल्लो वर्ष १ हजार ९८८ रुपैयाँ रहेको)

प्रति सेयर नेटवर्थ
५ हजार २८५ रुपैयाँ (४ हजार ७३४ रुपैयाँबाट बढ्यो)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको