युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रदर्शन गरेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा नाफामा उल्लेख्य वृद्धि गर्दै कुल आम्दानी बढाएको छ भने कुल खर्च घटाउन सफल भएको छ। कम्पनीको वित्तीय मजबूतीले यसको प्रतिसेयर आम्दानी (EPS) र नेटवर्थमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
युनिलिभर नेपालले दोस्रो त्रैमासमा खुद नाफा १३.४९ प्रतिशतले वृद्धि गर्दै ४७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशतले बढेर १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन आम्दानी १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ मात्र थियो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.०१ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च १.०९ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कुल आम्दानी १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ र कुल खर्च १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ थियो।
युनिलिभर नेपालको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने सञ्चिति नाफा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १२३.३४ रुपैयाँले वृद्धि भई १ हजार ३७.५७ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ कायम भएको छ भने मूल्य-आम्दानी अनुपात (P/E Ratio) ४३.२७ गुणा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस