Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसीएलको लिलामी शेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

अर्थ संसार

शनिबार, २३ असोज २०७८, ०८ : ३८ मा प्रकाशित

एचआईडिसीएलको लिलामी शेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले असोज ७ गते देखि लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्र खुला गरिएको छ । 

कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता सेयर लिलाममा ल्याएको हो । सर्बसाधारण तर्फ ४८ सय वटा आवेदन परेको थियो भने संस्थापतर्फ कुनै आवेदन परेको थिएँन। 

कम्पनीको सेयर बिक्री ग्लोबल आईएमई क्यापिटलले लिलामी सेयर खरीदका लागि कुल ४८०० वटा आवेदन परेको जनाएको छ । प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य २२५ सम्म आउने सक्ने क्यापिटलले जनाएको छ । शिलबन्दी खुला गर्ने काम सम्पन्न भएपनि हाल आवेदन रुजु गर्ने कार्य भईरहेकाले अन्तिम तथ्याङ्क आउँदासम्म केही परिवर्तन हुनसक्ने क्यापिटलको भनाई छ । 

कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा बिक्री नभएको सेयर  लिलामीमा बिक्रिका लागि बोलकबोल आह्वान गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको