Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचीकृत भयो एचआइडिसीएलको १ करोड ६८ लाख कित्ता सेयर

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०७ : ३४ मा प्रकाशित

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। अवितरित हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेका अनुसार कम्पनीका संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क-२ को अन्य संस्थापक अन्तर्गतको अवितरित हकप्रद सेयर सूचीकृत भएको हो। यो सेयर नेप्सेमा ‘एचआइडिसीएलपी’ संकेतमा कारोबार हुनेछ।

कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्री गरेको थियो। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको