जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३०.६२ प्रतिशतले कम हो ।
गत वर्ष कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको वित्तीय आम्दानी २९.५९ प्रतिशतले घटेर ७५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।
२४ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एचआइडीसीएलको जगेडा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा छ ।
यसको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँबाट घटेर ४.२५ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस