Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तकाे साधारण सभा आज, २१.०५३ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

शनिबार, २३ असोज २०७८, ०९ : ०७ मा प्रकाशित

डिप्रोक्स लघुवित्तकाे साधारण सभा आज, २१.०५३ प्रतिशत लाभांश पारित हुँदै

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० औँ वार्षिक साधारण सभा आज (असोज २३ गते, शनिबार) चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभामा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गरेको थियाे । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्नेछन् ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको