Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, २४ असोज २०७८, ११ : ४४ मा प्रकाशित

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले नगद लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भाेलि २५ असोजदेखि ११ कात्तिकसम्म बुक क्लोज गर्नेछ।

त्यसैले नेप्सेमा आज आइतबारसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको फाइदाबाट प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ । कम्पनीले ११ कात्तिकमा २८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभामा लाभांश वितरणको प्रस्तावसहित आर्थिक वर्ष ०७७–७८ को नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव रहेको छ । यसका साथै, कम्पनीको  परियोजनाहरुको खर्चहरू पारित गर्ने, निर्देशक नियुक्त गर्नेलगायतका एजेन्डा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको