Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

अर्थ संसार

आइतबार, ३१ असोज २०७८, ०६ : ४० मा प्रकाशित

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज व्यत्तिगत खातामा न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ भने संस्थागत खाताहरुमा न्यूनतम ७ प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ७.११ प्रतिशत कायम गरेको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

616b74e8c1fe7.jpg 616b74e922f6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको