Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा १०.७५ प्रतिशतसम्म ब्याज दिने

अर्थ संसार

आइतबार, ३१ असोज २०७८, ०६ : ५० मा प्रकाशित

पोखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा १०.७५ प्रतिशतसम्म ब्याज दिने

पोखरा फाइनान्स लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार फाइनान्सले बचत खातामा न्यूनतम ५.७५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ ।  फाइनान्सको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.२५ प्रतिशत देखि अधिकतम १०.७५ प्रतिशतसम्म तोकिएको छ । 

फाइनान्सले ब्याजको आधारदरमा अधिकतम ७ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा फाइनान्सको ब्याजको आधारदर ८.१५ प्रतिशत कायम गरेको छ । 

फाइनान्सले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

616b771504dfd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको