Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्त र दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको बोनस कति ?

अर्थ संसार

मंगलबार, २० पुस २०७८, ०७ : ५६ मा प्रकाशित

दुई लघुवित्त र दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको बोनस कति ?

आज दुई लघुवित्त कम्पनी सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कालिक लघुवित्त, जनउत्थान लघुवित्त, मल्टीपर्पस फाइनान्स र पोखरा फाइनान्सको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । लघुवित्तको वार्षिक साधारण सभा पौष ३० गते हुनेछ ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

फाइनान्सको पौष ८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौबीसौँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार कम्पनीको केन्द्रिय कार्यालय, नेता चौक, राजविराजमा दिउँसो १ बजेदेखि सुरू हुनेछ । 

पोखरा फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । फाइनान्सको वार्षिक साधारण सभा पौष ३० गते हुनेछ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मंसिर १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । लघुवित्तको वार्षिक साधारण सभा पौष ३० गते हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको