Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, ०६ : २९ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २१ गते, बुधबार) ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आज कालिक लघुवित्त, जनउत्थान लघुवित्त, मल्टीपर्पस फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र पोखरा फाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।

४ कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि र छ्याङ्दी हाइड्रोपावरले हकप्रद प्रयोजनका लागि आज पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६३ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १६ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ७१ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय ८३ रूपैयाँ २० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ९ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९६ रूपैयाँ १५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

61d4ea9c365ad.JPG 61d4ea9c780d0.JPG 61d4ea9c9b196.JPG 61d4ea9d086b6.JPG 61d4ea9d3f88a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको