Like us!
Follow us!
Connect us!
Watch us!

तीन फाइनान्स कम्पनी PFL, SIFC र ICFC को लाभांस सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

सोमबार, १८ पुस २०७९, ०८ : २७ मा प्रकाशित

तीन फाइनान्स कम्पनी PFL, SIFC र ICFC को लाभांस सुरक्षित गर्ने अन्तिम मौका आज

तीन फाइनान्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज अर्थात आज पुस १८ गते अन्तिम दिन रहेको छ। पोखरा फाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, र आइसीएफसी फाइनान्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्दैछन् ।अर्थात आजसम्म कारोबार भइ कायम रहेको सेयरधनीले मात्र लाभांस र साधारणसभामा भाग लिन पाउनेछन। 

पोखरा फाइनान्स

पोखरा फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ४% बोनस सेयर र करप्रयोजनको लागि ०.२१% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दरबारथोक ब्याङक्वेट बाँस्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम PFL  रहेको छ। 

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २.४०% बोनस सेयर र ५.२०% नगद गरी कुल ७.६०% लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।  सभा फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम SIFC रहेको छ। 

आइसीएफसी फाइनान्स

आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र ५% नगद गरी कुल १०% लाभांश वितरण गर्दैछ । फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा बोलाएकोछ । साधारण सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम ICFC  रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको