Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्गकाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, ०६ : २६ मा प्रकाशित

साल्ट ट्रेडिङ्गकाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ हजार ५ सय ७४ रूपैयाँ १७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारकाे अन्तिम कारोबार मूल्य ७ हजार ८ सय ८९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट सञ्चालन हुँदैछ । सभामा कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

616e15c390ead.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको