Like us!
Follow us!
Connect us!
Watch us!

महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, १० : ११ मा प्रकाशित

महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा

आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा  पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी  कार्यालय कञ्चनपुरका प्रबक्ता शिद्दराज न्यौपानेले बताए । बाढी प्रभावित परिवारको तथ्यांक संकलन भईरहेको उनले जानाकारी दिए  । 

यसैगरी, महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाईरल रोडसमेत कटान हुन थालेको छ । प्रबक्ता न्यौपानेका अनुसार  रिङरोडको केही अंश कटान भएको छ । 

यसैगरी,  महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ ।  पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताए । बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय  क्षति भएको छैन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको