Like us!
Follow us!
Connect us!
Watch us!

१९ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, १५ : ४७ मा प्रकाशित

१९ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

विभिन्न १९ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, १७ वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ । बाँकी २ वटा कम्पनीहरूले भने लाभांश प्रस्ताव गरेका छैनन् । 

१. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडकाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडाैँमा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंकको असाेज ११ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. कामना सेवा विकास बैंक लिमिटेड

कामना सेवा विकास बैंक लिमिटेडकाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा बैंकको असाेज ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा कार्तिक १६ गते विद्युतिय माध्यमबाट बैंकको केन्द्रिय कार्यलय नारायणहिटी मार्ग दरबारमार्ग, काठमाडौँमा साँझ ४ बजेबाट सुरु हुनेछ । सभामा बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरिसकेको छ । त्यसैले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडकाे असाेज २२ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १७औँ वार्षिक साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे भदाै २४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चाेक, काठमाडाैँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. शिवम् सिमेन्ट लिमिटेड

शिवम् सिमेन्ट लिमिटेडकाे असाेज २२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार हाेटल साेल्टी, साेल्टीमाेड, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

८. युनिलिभर नेपाल लिमिटेड

युनिलिभर नेपाल लिमिटेडकाे २८औँ वार्षिक साधारण सभा कात्तिक ११ गते दिउँसो ३ः४५ बजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ ।सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुासर गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूका लागि प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुकक्लोज गरेकाे छ । त्यसैले, असाेज २४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

९. सिबिआईएल क्यापिटल लिमिटेड

सिबिआईएल क्यापिटल लिमिटेडकाे भदाै ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा कार्तिक ५ गते, शुक्रबार क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

१०. केयर रेटिङ्गस नेपाल लिमिटेड

केयर रेटिङ्गस नेपाल लिमिटेडकाे भदाै २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा कार्तिक ९ गते, मंगलबार, केयर रेटिङ्गस नेपाल लिमिटेड, दोस्रो तल्ला, स्टार मल, पुतलीसडक, काठमाण्डौँमा दिउँसाे २:३० बजेबाट सुरू हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २१.०५२६३० का दरले नगद लाभांश (नगद लाभांशमा लाग्ने करसहित) स्वीकृत गर्नेछ ।

११. रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे बीसौँ वार्षिक साधारण सभा कार्तिक १२ गते, कम्पनीकाे केन्द्रिय कार्यालय, थापाथली, काठमाडाैँमा हुँदैछ । सभामा कम्पनीकाे असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

१२. रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको असाेज २४ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको अठारौं वार्षिक साधारण सभा  कार्तिक १७ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा जुमकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ । त्यसैगरी, सभाले विगतका साधारण सभाहरुबाट समेत निर्णय गरे अनुरुप यस रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडमा गाभीने/समाहीत हुने (Merger) प्रस्ताव पारित गर्नेछ ।

१३. सोल्टी होटेल लिमिटेड

सोल्टी होटेल लिमिटेडकाे असाेज २२ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ४७औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडाैँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । साधारण सभा प्रयाेजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

१४. हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडकाे असोज २० गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २०औँ र २१औँ वार्षिक साधारण सभा कार्तिक २४ गते, सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

१५. साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे असाेज १४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट सञ्चालन हुनेछ । सभामा कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक १ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१६. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचाै वार्षिक साधारण सभा कार्तिक १३ गते शनिबार, होटल गोरखा बिसौनी, गोरखामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१७. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे असाेज ३१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक २२ गते, साेमबार न्यू अञ्जुली हाेटल, धनकुटामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे असाेज १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ८ गतेदेखि कार्तिक २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१८. माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडकाे २३औँ वार्षिक साधारण सभा कात्तिक २६ गते दिउँसो ११ बजेदेखि होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ । सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१९. सनराइज क्यापिटल लिमिटेड 

सनराइज क्यापिटल लिमिटेडकाे एघाराैँ वार्षिक साधारण सभा कार्तिक १२ गते, शुक्रबार सनराइज क्यापिटल, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजे सुरु हुनेछ । सभाले ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको