Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पहिरो र डुबान प्रभावितको राहतका लागि सुदूरपश्चिममा २५ करोड बजेट छुट्याइयो

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, ०८ : ४६ मा प्रकाशित

बाढी पहिरो र डुबान प्रभावितको राहतका लागि सुदूरपश्चिममा २५ करोड बजेट छुट्याइयो

सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

‘प्रदेश सरकारबाट राहतको लागि २५ करोड छुट्याएका छौं । वर्षा रोकिएपछि अगाडि बढाउँछौं । क्षतिका बारेमा संघ सरकारसँग राखेका छौं,’ उनले भने, ‘किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाउँछौं । संघीय सरकारबाट पनि माग गरेका छौं ।’

बेमौसममा भएको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो क्षति भएको र उद्धार तथा राहतको काम अघि बढिरहेको मुख्यमन्त्री भट्टले बताए । आफूले उद्धार, राहत र क्षतिपूर्तिका लागि संघीय गृहमन्त्री बालकृष्ण खाँडसँग कुराकानी गरिसकेको उनको भनाइ थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको